शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनद्वारा नुवाकोटमा ‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

बुधबार, ०२ कात्तिक २०७९, ०९ : ३१
बुधबार, ०२ कात्तिक २०७९

आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा रुपमा निर्वाचन परिचालन समिति गठन गरेका छन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सह संयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल रहेका छन् ।

सदस्यमा कांग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेपाल, नारायण अधिकारी, गोरेबहादुर मिजार र उद्धव मुडबरी ,नेकपा (माओवादी केन्द्र)बाट नवीन पुडासैनी, राजकुमार रेग्मी (सन्देश), गोकर्णनाथ न्यौपाने (गजेन्द्र), नारायणप्रसाद नेपाल र बद्री प्याकुरेल रहेका छन् । समितिको सदस्य–सचिवमा समाजवादी पार्टीका भगवान रानामगरलाई जिम्मेवारी दिइएको छ ।  

उक्त समितिले गठबन्धन दलहरुको साझा उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सहयोग गर्न आवश्यक सबै किसिमको स्रोत–साधन परिचालनको जिम्मेवारी तोकिएको समितिका सदस्य नेपालले जानकारी दिए ।

उनको अनुसार आगामी निर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म सक्रिय रहने समितिले निर्वाचन जनपरिचालनका लागि सम्बन्धित पार्टी कमिटी, जनवर्गीय सङ्गठन तथा भातृ एवं शुभेच्छुक संस्थाको परिचालन, निर्वाचन प्रचारको कार्यक्रम तालिका र कार्यक्रमको स्वरुप निर्धारण गर्ने जिम्मेवारी तोकिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत दुई र प्रदेससभा अन्तर्गत चार निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेस र माओवादी केन्द्रले बराबर सिट सङ्ख्या बाँडेर उम्मेदवार उठाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप