केकीले ओके गर्लिन् त ‘प्रसाद २’ ?
अभिनेता विपिन कार्की र निर्माण युनिटको विवादका कारण रोकिएको फिल्म ‘प्रसाद २’ को छायांकन अझै सुरु हुन सकेको छैन । विपिन र निर्माण युनिटबीच विवाद मिलेपनि फिल्मको मुख्य अभिनेत्री नम्रता श्रेष्ठले छाडेको कारण छायांकन सुरु हुन नसकेको हो ।
फिल्म ‘ग्रहण’ सँग आफ्नो सेड्युल जुध्यो भन्दै नम्रताले फिल्म नभ्याउने बताएकी हुन् । नम्रता बाहिरिएपछि निर्माण युनिट अहिले नयाँ अभिनेत्रीको खोजीमा छ । जसका लागि निर्माण युनिट ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकी अधिकारीसम्म पुगेको बताइन्छ ।
केकी अधिकारी भने अहिले ‘प्रसाद २’ गर्ने नगर्ने निर्णयमा पुगेकी छैनन् । स्क्रिप्ट अध्ययन गरिरहेकोले फिल्मको विषय अहिले यही भन्न नसक्ने अभिनेत्री केकीले बताइन् । उनले भनिन्, 'स्क्रिप्ट राम्रो लाग्यो र सबैकुरो मिल्यो भने अभिनय गर्न सक्छु ।’ ‘प्रसाद’ जहाँ सकिएको थियो त्यहीँबाट ‘प्रसाद २’को कथा सुरु हुँदैछ । यो हुँदा ‘प्रसाद’ कै कलाकारहरु विपिन कार्की र नम्रता श्रेष्ठको विकल्प थिए । नम्रताले नभ्याउने भएपछि निर्माण युनिट विकल्पको खोजीमा लागेको हो ।
फिल्मको निर्देशक सुदर्शन थापाले गर्न लागेको हुन् । ‘प्रसाद’को निर्देशक भने दिनेश राउतले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण