सुरक्षित प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन
सरकारले सुरक्षित प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
समितिमा सो क्षेत्रका विषय विज्ञलाई सहभागी गराइनेछ । क्यानले असोज ३० मा प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको थियो ।
उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइए पनि स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको निरौलाको भनाइ छ । राष्ट्रिय खेलकुद अन्तर्गत आइतबार बिहान पोखराको सराङकोटमा प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु हुन पुगको थियो ।
सराङ्कोटस्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात १०० मिटर माथिबाट खस्दा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा भाग लिएका पोखराकै निसिम थापाको मृत्यु भएको थियो ।
प्याराग्लाइडिङबाट खसेलगत्तै घाइते २६ वर्षे थापालाई मेट्रोसिटी अस्पताल पठाएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण