बैंकको चर्को ब्याजदरविरुद्ध व्यापारी चरणबद्ध आन्दोलनमा
रुपन्देही व्यापार संघले चर्को बैंक व्याजदरविरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको व्याजदर वृद्धिले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
संघले पहिलो चरणमा बिहीबार सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालो पट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने कार्यक्रम रहेको छ । मागको सुनुवाई नभएमा थप एकल तथा संयुक्त आन्दोलनका कार्यक्रम तय गरिने महासंघले जनाएको छ ।
संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे र महासचिव दयानिधि भण्डारीले जारी गरेको विज्ञप्तिमा पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरूबाट विना कारण पटकपटक व्याजदरमा भइरहेको बृद्धिले निकै मर्कामा परेको उल्लेख गरिएको छ । विज्ञप्तिमा बैंक, वित्तिय संस्थाहरूबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण