पाल्पामा १२ सय म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिँदै
बिहीबार, ०३ कात्तिक २०७९, १० : १८
मंसिर ४ गतेको निर्वाचनका लागि पाल्पामा १ हजार २१५ जना म्यादी प्रहरी परिचालन हुने भएका छन् । पाल्पाको ११८ मतदानस्थल र २४६ मतदान केन्द्रमा सुरक्षाका यी म्यादी प्रहरी खटिने छन् ।
म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरी उनीहरूका लागि १० दिने तालिम समेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए । पाल्पामा तानसेन र रामपुरमा गरी दुई स्थानमा एकैसाथ १० दिने तालिम संचालन भइरहेको छ ।
पाल्पाबाट दुई हजार ६७ जनाले म्यादी प्रहरी हुनका लागि आवेदन दिएका थिए । प्रयोगात्मक र अन्तरवार्ता पश्चात छनौट भएकाहरुलाई अहिले तालिम दिइएको हो । निर्वाचनको सुरक्षामा खटिन पाल्पामा ३२३ महिला आठ सय ८९२ जना पुरुष गरी जम्मा एक हजार २ सय १५ जना छनौट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण