भिरबाट लडेर वृद्धको मृत्यु
बिहीबार, ०३ कात्तिक २०७९, १२ : ५९
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भिरबाट लडेर उहाँको मृत्यु भएको हो । गमाल बाटोबाट झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा उनी र उनका दाजु भत्ता बुझेपछि हिँड्दै घर फर्किएका थिए । गएराति गमाल भिरबाट लडेको अवस्थामा स्थानीयवासीले देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण