पाल्पामा भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते
पाल्पाको माथागढीमा भुस्याहा कुकुरको टोकाइबाट २८ जना स्थानीय घाइते भएका छन् । घाइतेमध्ये २४ जनाकोे तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार दिनभरमा भुस्याहा कुकुरको टोकाइबाट माथागढी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय घाइते भएका थिए ।
उनीहरुमध्ये ४ जनालाई घाँटीदेखि माथिको भागमा टोकेकाले इमिनोग्लोबिन इक्जेन्सन लगाउनुपर्ने अवस्था रहेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए । कुकुरको टोकाइबाट घाइते सबैको उपचार निःशुल्क गरिने उनले बताए ।
२८ जनामध्ये चार जनाको सामान्य उपचारपछि घर फर्किएको माथागढी–३, का अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए । अन्य २४ जनाको मिसन अस्पतालमा रेबिज बिरुद्धको इन्जेक्सन लगाएपछि थप उपचार भइरहेको उनले बताए । भुस्याहा कुकुरले कोहीलाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको वडा अध्यक्ष घर्तीमगरले जानकारी दिए । थप मानिसलाई समेत कुकुरले टोकेको हुन सक्ने भएकाले सम्पर्कमा आउन उनले आग्रह गरे ।
भुस्याहा कुकुरको नियन्त्रणका लागि तत्काल काम सुरु गरिएको पालिकाले जनाएको छ । माथागढीको यस क्षेत्रमा भुस्याहा कुकुर विगविगी रहँदै आएको छ । विगत तीन÷चार वर्षदेखि नै माथागढीको माडी र तानसेनको दमकडा क्षेत्रमा भुस्याहा कुकुरको टोकाइबाट स्थानीय बासिन्दा प्रभावित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण