ताप्लेजुङको यस्तो छ नमुना मतपत्र, योगेशसहित को–को छन् उम्मेदवार ?
निर्वाचन आयोगले प्रदेश नम्बर १ स्थित ताप्लेजुङको नमुना मतपत्र सार्वजनिक गरेको छ । नमुना मतपत्रअनुसार ताप्लेजुङमा ११ वटा निर्वाचन चिह्न समेटिएको छ । जसअनुसार पहिलो नम्बरमा एमालेको सूर्य चिह्न, दोस्रो नम्बरमा माओवादी केन्द्रका गोलाकारभित्रको हँसिया हथौडा, तेस्रो नम्बरको जसपाको छाता र चौथो नम्बरमा राप्रपाको हलो रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार रहेका छन् । नेकपा एमालेले योगेशकुमार भट्टराईलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले खेल प्रसाद बुढाक्षेत्री, जनता समाजवादी पार्टीले चन्द्र मादेनलाई उम्मेदवार बनाएको छ । यसैगरी राप्रपाले रामबहादुर कार्की, लोसपाले चैतन्य प्रकाश केदेम, मंगोल नेशनल अर्गनाइजेशनले विक्रम लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले होमप्रसाद तुम्बाहाङ्फे, राष्ट्रिय जनमुक्ति पार्टीले इन्द्रकुमार लिम्बु उम्मेदवार हुँदा स्वतन्त्रबाट सञ्जुकुमार पालुंवा र हरिप्रसाद बराल उम्मेदवार रहेका छन् ।
ताप्लेजुङमा भट्टराई र बुढाक्षेत्रीबीच रोचक प्रतिस्पर्धा हुने ठानिएको छ । एमाले एक्लै चुनावी मैदानमा हुँदा माओवादीलाई कांग्रेस, एकीकृत समाजवादीसहितका दलहरूको समर्थन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण