गाई पालनले बनायो आत्मनिर्भर
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन । केही खर्च गर्नु परे पनि श्रीमान्‌को तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाइन् । भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रु एक लाखमा पाँच गाई खरिद गरेर व्यावसायिक रुपमै गाई पालनमा लागेकी उनले अहिले लाखौँको कारोबार गर्छिन्।
“श्रीमान् ट्रक चलाउनुहुन्छ सानोतिनो केही खर्च गर्न श्रीमानकै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ”, उनले भनिन्, “अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु ।” पाँचवटा गाईबाट सुरुआत गरेकी उनले गाई पालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै गइन् । घर छेउमै वार्षिक एक लाख २० हजारमा दुई बिघा जग्गा भाडामा लिएर घाँसखेती गरिन् । अहिले उनको फार्ममा २५ गाई छन् । उनले दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्ने गरेको बताईन् । “दूध बिक्री गर्न अत्तिरिया बजारसम्म आफैं स्कुटर चलाएर जाने गर्छु”, उनले भनिन्, “स्थानीय बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित सङ्कलन केन्द्रमा पुर्याउँछु ।”
रु एक लाखबाट सुरु गरेको व्यवसायमा अहिले उनले मासिक लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताइन् । “घरमा बिना काम बस्नुभन्दा त केही गरौं भन्ने आँट गरेर व्यवसाय सुरु गरेकी हुँ अहिले श्रीमान्ले पनि सघाउनु हुन्छ”, उनले भनिन्“मासिक १५ हजार तलब दिने गरी दुई कामदार छन् ।” उनले फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुने गरेको गुनासो गरिन् ।
“गाई थप गर्ने योजना थियो, एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ”, उनले भनिन्, “आँट गरेर केही काम गरे सफल भइने रहेछ ।” अहिले उनले गाईमात्र नभएर बाख्रापालनसमेत गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण