एमालेलाई जिताउन राजनीतिमा लागेको हुँ : खनाल
शनिबार, ०५ कात्तिक २०७९, १५ : ४१
नेकपा एमालेको तर्फबाट काठमाडौँ–६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आफू व्यक्तिगत जीतको लागी नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताएका छन् । नेकपा एमाले काठमाडौँ -६ प्रदेश `ख´ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको कारण एमालेलाई जिताउन अपिल गरेका हुन् ।
शनिबार दियालो फुडल्याण्डमा भएको चुनावी कार्यक्रममा एमाले केन्द्रीय सदस्य केशव स्थापित उपस्थित थिए । त्यस्तै कलाकार उत्तम केसीले सर्वेन्द्र खनाल जस्तो उम्मेदवार पाउनु गर्वको कुरा रहेको बताएका थिए । कार्यक्रममा प्रदेशसभा `ख´ उम्मेदवार अमनकुमार मास्केले विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण