एमालेलाई जिताउन राजनीतिमा लागेको हुँ : खनाल
शनिबार, ०५ कात्तिक २०७९, १५ : ४१

नेकपा एमालेको तर्फबाट काठमाडौँ–६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आफू व्यक्तिगत जीतको लागी नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताएका छन् । नेकपा एमाले काठमाडौँ -६ प्रदेश `ख´ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको कारण एमालेलाई जिताउन अपिल गरेका हुन् ।
शनिबार दियालो फुडल्याण्डमा भएको चुनावी कार्यक्रममा एमाले केन्द्रीय सदस्य केशव स्थापित उपस्थित थिए । त्यस्तै कलाकार उत्तम केसीले सर्वेन्द्र खनाल जस्तो उम्मेदवार पाउनु गर्वको कुरा रहेको बताएका थिए । कार्यक्रममा प्रदेशसभा `ख´ उम्मेदवार अमनकुमार मास्केले विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
-
राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
-
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान