शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार निर्मूल पार्नु मेरो पहिलो लक्ष्य हुनेछ : प्रकाशमान सिंह

आइतबार, ०६ कात्तिक २०७९, ११ : ४३
आइतबार, ०६ कात्तिक २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  भ्रष्टाचार निर्मूल  गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् । काठमाडौँ आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नो पहिलो दायित्व रहेको बताए । 

'प्रशासनिक प्रक्रियामा झन्झटिलो छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो,' उनले भने । 

राजनीति अस्थिरताका कारण मुलुकको समस्याको जहाँको त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले  काठमाडौंमा देखिएको  खानेपानी, फोहोर व्यवस्थापन ट्राफिक जामलगायत न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप