शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पामा अरिङ्गालले चिलेर १ जनाको मृत्यु

आइतबार, ०६ कात्तिक २०७९, १४ : ४६
आइतबार, ०६ कात्तिक २०७९

पाल्पाको निस्दीमा अरिङ्गालले चिलेर १ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ३ झिरुबास झिरुदीका ३७ वर्षीय दानबहादुर राईको अरिङ्गालले चिलेर मृत्यु भएको हो । 

साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालले चिलेर राईको मृत्यु भएको स्थानीय चित्रबहादुर रानाले बताए । बिहीबार राति अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले चिलेपछि राईलाई उपचारको लागि स्थानीयले झिरुबास स्वाथ्य चौकी पुर्याएकोमा शनिबार मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप