कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

ओमिक्रोनको संक्रामक सबभेरिएन्ट ‘एक्सबीबी’ नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो । यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ । यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्धको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन