हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेकाले डराउनुपर्दैन : रामचन्द्र पौडेल
सत्ता गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले एक अर्काको नभनेर गठबन्धनका उम्मेदवार जिताउन लाग्न आग्रह गरेका छन् । सत्ता गठबन्धन बागमती प्रदेश भेलामा पौडेलले पाँच दलका उम्मेदवारलाई गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्न आग्रह गरेका हुन् ।
‘को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपाको उम्मेदवार गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस्,’ उनले भने । कांग्रेसका वरिष्ठ नेता पौडेलले माओवादीको चुनाव चिन्ह हँसिया हथौडासँग डराउन नहुने बताए । ‘हँसिया हथौडा देखेर नडराउनहोस् । त्यो हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’
कांग्रेस नेतृत्वमा मात्र गठबन्धन भएको भन्दै एमाले नेतृत्वमा पनि गठबन्धन बनेको उनको भनाइ छ । ‘गठबन्धनमा हाम्रो मात्र होइन । उता पनि छ । भेडा भेडातिर बाख्रा बाख्रातिर देखिएका छन् । उतातिरको गठबन्धनमा हेर्नुस् कस्तो अनुहार छन् ।’
पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको पौडेलको दाबी छ । ‘यहाँ मुलुकको सुशासन कायम गर्ने अनुहार छ । व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन । हामी अवस्था बदल्नेछौं । व्यवस्था बचाएर हामी मुलुकलाई अगाडि बढाउने छौं,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण