हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेकाले डराउनुपर्दैन : रामचन्द्र पौडेल

सत्ता गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले एक अर्काको नभनेर गठबन्धनका उम्मेदवार जिताउन लाग्न आग्रह गरेका छन् । सत्ता गठबन्धन बागमती प्रदेश भेलामा पौडेलले पाँच दलका उम्मेदवारलाई गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्न आग्रह गरेका हुन् ।
‘को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपाको उम्मेदवार गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस्,’ उनले भने । कांग्रेसका वरिष्ठ नेता पौडेलले माओवादीको चुनाव चिन्ह हँसिया हथौडासँग डराउन नहुने बताए । ‘हँसिया हथौडा देखेर नडराउनहोस् । त्यो हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’
कांग्रेस नेतृत्वमा मात्र गठबन्धन भएको भन्दै एमाले नेतृत्वमा पनि गठबन्धन बनेको उनको भनाइ छ । ‘गठबन्धनमा हाम्रो मात्र होइन । उता पनि छ । भेडा भेडातिर बाख्रा बाख्रातिर देखिएका छन् । उतातिरको गठबन्धनमा हेर्नुस् कस्तो अनुहार छन् ।’
पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको पौडेलको दाबी छ । ‘यहाँ मुलुकको सुशासन कायम गर्ने अनुहार छ । व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन । हामी अवस्था बदल्नेछौं । व्यवस्था बचाएर हामी मुलुकलाई अगाडि बढाउने छौं,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ
-
पुस्तक मेला गर्दै नेपालय, अफरमा पुस्तकमा छुटदेखि लेखकसँग भेटघाटसम्म
-
उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु
-
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा
-
नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री