दोस्रो सातामा ‘के घर के डेरा’
शुक्रबार, ११ कात्तिक २०७९, ११ : ४५
दीपेन्द्र के.खनाल निर्देशित फिल्म हो ‘के घर के डेरा’ । ४ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो दर्शक पाउँदै दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ ।
काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्मले पहिलो सातामा लगानी सुरक्षित गरेको र दोस्रो साताको व्यवसाय नाफा भएको निर्देशक खनालले बताए । फिल्मको कथा वस्तु र कलाकारको अभिनय दर्शकले रुचाएको निर्देशक खनालको भनाई रहेको छ ।
फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण