घटेको सेयर बजार : एक वर्षअघि सबैभन्दा महँगो सेयर अहिले कतिमा पाइन्छ ?
अहिले सेयर बजारमा निकै निराशा देखिन्छ । एक दिनमा नै २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको दोस्रो बजारमा अहिले दैनिक ५० करोड रुपैयाँको हाराहारीमा छ । अहिले कम्पनीहरु गत वर्षको कारोबारबाट भएको नाफाको प्रतिफल वितरण गर्ने गृहकार्यमा छन् ।
कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्छ । सोही कारण कम्पनीहरु वार्षिक साधारणसभा गरेर गत आर्थिक वर्षसम्ममा जम्मा भएको सेयरधनीलाई वितरण गर्न मिल्ने रकम वितरण गर्ने गृहकार्यमा छन् ।
नाफा भित्र्याउने मौसम सुरु भएपनि सेयर बजारमा खासै रौनक देखिदैन । अहिले सेयर कारोबार रकम र कम्पनीको सेयरको मूल्य पनि निकै घटेको छ । यस्तै, बजार मापन गर्ने सूचक नेप्से इन्डेक्स पनि करिब ३२ सयको विन्दुबाट घटेर १८ सयको हाराहारीमा घुमिरहेको छ ।
बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि कर्जा प्रवाह रोकिएको तथा पछिल्लो समय कर्जाको व्याज बढेर १८ प्रतिशतको हाराहारीमा पुगेपछि सेयर बजारमा मन्दी देखिएको छ । सेयर बजारबाट लगानीकर्ताले चालू आर्थिक वर्ष औसतमा १२ प्रतिशतको हाराहारीमा प्रतिफल पाउन सक्ने देखिएको छ । तर, व्याजदर भने १८ प्रतिशतको हाराहारीमा पुगिसकेको छ ।
यसैकारण पनि लगानीकर्तामा निराशा र बजारमा मन्दी देखिएको हो । एक वर्षको अवधिमा सबैभन्दा महंगो मूल्य कायम भएका कम्पनीको सेयर अहिले सो उच्चतम मूल्यको आधा मूल्यमा नै दोस्रो बजारमा उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण