बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको घोषणापत्र : प्राथमिकतामा परेन खेलकुद

शनिबार, १२ कात्तिक २०७९, १३ : ४६
शनिबार, १२ कात्तिक २०७९

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

देउवाले सार्वजनिक गरेको काँग्रेसको घोषणा पत्रमा खेलकुदलाई कम प्राथमिकतामा राखेको छ । खेलकुदबारे घोषणापत्रमा भनिएको छ, ‘ कांग्रेसले खेलकुद विकासका लागि पूर्वाधार निर्माण तथा उचित संवर्द्धन गर्नुका साथै संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीहरूको भविष्य सुनिश्चित गर्दै खेल, प्रशिक्षक, खेल पदाधिकारी, खेलकर्मी र खेल पत्रकारितालाई उच्च प्राथमिकतामा राखिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप