भारतसँग मल खरिद गर्न 'जिटुजी' प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाण
शनिबार, १२ कात्तिक २०७९, १४ : २७

गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजीमार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन् । गठबन्धनले भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको बताएका हुन् ।
दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्ने योजना समेत अगाडि बढाएको उनले बताए । सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु (तस्बिरहरु)
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव
-
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह