स्थानीयको व्यवस्थापनपछि मात्रै करिडोरको काम अघि बढ्छ : विष्णु पौडेल
पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिनाउ –दानव नदी करिडोरको काम स्थानीयको उचित व्यवस्थापन गरेर मात्र अघि बढाउने बताएका छन् । आज बुटवल–११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उनले तिनाउ–दानव करिडोर बारे छलफलमा बोल्दै विकासका नाममा कसैले पनि घरबासविहिन हुनु नपर्ने बताए ।
पौडेलले स्थानीयको व्यवस्थापनपछि मात्रै करिडोरको काम अगाडि बढाउने बताए । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदार समेत रहेका पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पारे ।
उनले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ विकास गर्नमा बढी केन्द्रित रहेको उल्लेख गर्दै रुपन्देहीलाई विकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाए । त्यसका लागि आगमी निर्वाचनमा एमालेले जित्नैपर्ने उनको भनाई थियो ।
हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला विकास आयोजनाहरुको सुरुवात गर्न लागिपरेको बताउँदै उनले त्यसका लागि औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण तथा प्राविधिक शिक्षामा जोड दिइने बताए ।
छलफलमा बोल्दै एमाले पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध बिकासका लागि आफु लागिरहेको बताए । पूर्व मन्त्री समेत रहेका उनले विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी रहेको बताए ।
विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण