सेयर बजारमा दोहोरो अंकको सुधार
सोमबार, १४ कात्तिक २०७९, १५ : १९
तिहार र छठ पछि खुलेको सेयर बजारमा पहिलो दिन नै दोहोरो अंकको वृद्धि आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढ्दै १८७४.८७ अंकमा उक्लिएको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.९३ अंकले बढ्दै ३७०.८६ अंकमा उक्लिएको छ ।
आज डेभलपमेन्ट बैंक समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका छन् । आज होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी १.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, ट्रेडिङ समूह १.१४ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १.५९ प्रतिशतले बढेको छ ।
नेप्से सूचक १६ अंकमाथिले बढेको बजारमा आज कुल ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण