धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकियो : नेता बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर-२ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकिएको बताएका छन् । मनहरी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले मनहरी, राक्कीराङ र कैलाशका चेपाङ, प्रजा र तामाङ समुदायका जनताको समृद्धिको दिन आएको बताए ।
धर्म, राजतन्त्र र देश टुक्र्याउनेसँग मिलेर यो व्यवस्थाको अन्त्य गर्नेसँग ओलीले गठबन्धन गरेको भन्दै नेता बानियाँले शान्ति प्रक्रिया, संविधान र व्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताए । जनताको छोराछोरी राष्ट्रपति, उपराष्ट्रपति हुने यो व्यवस्था जति अर्को व्यवस्था नभएको बताउँदै उनले अब भनेको विकाश निर्माण र जनताको अवस्था परिवर्तन गर्न लागिपर्ने बताए।
झण्डै दुईतिहाइको मत पाएको एमालेले देश र सातै प्रदेशको साँढे तीन वर्ष नेतृत्व गर्दागर्दै झुटा आश्वासन र सपना मात्र बढेको उनले आरोप लगाए । पछिल्लो १० महिना लोकतान्त्रिक गठबन्धनले नेतृत्व गर्दा मकवानपुरको क्षेत्र नम्बर २ मा मात्रै सडक, पुल, खानेपानीलगायतमा अरबौँको बजेट विनियोजन गरेको उनले बताए ।
त्यस्तै उनले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताए । उनले एमालेका युवा नेताहरूले सामाजिक सञ्जालहरूमा भ्रामक र झुटको खेती गरेको भन्दै यस्ता झुट र भ्रामक कुराहरू फैलाउनेलाई सामाजिक सञ्जालबाटै सत्यतथ्य कुरा शान्तिपूर्ण तरिकाबाट चिर्न निर्देशनसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण