बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकियो : नेता बानियाँ

सोमबार, १४ कात्तिक २०७९, २० : ४२
सोमबार, १४ कात्तिक २०७९

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर-२ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकिएको बताएका छन् । मनहरी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले मनहरी, राक्कीराङ र कैलाशका चेपाङ, प्रजा र तामाङ समुदायका जनताको समृद्धिको दिन आएको बताए ।

धर्म, राजतन्त्र र देश टुक्र्याउनेसँग मिलेर यो व्यवस्थाको अन्त्य गर्नेसँग ओलीले गठबन्धन गरेको भन्दै नेता बानियाँले शान्ति प्रक्रिया, संविधान र व्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताए । जनताको छोराछोरी राष्ट्रपति, उपराष्ट्रपति हुने यो व्यवस्था जति अर्को व्यवस्था नभएको बताउँदै उनले अब भनेको विकाश निर्माण र जनताको अवस्था परिवर्तन गर्न लागिपर्ने बताए।

झण्डै दुईतिहाइको मत पाएको एमालेले देश र सातै प्रदेशको साँढे तीन वर्ष नेतृत्व गर्दागर्दै झुटा आश्वासन र सपना मात्र बढेको उनले आरोप लगाए । पछिल्लो १० महिना लोकतान्त्रिक गठबन्धनले नेतृत्व गर्दा मकवानपुरको क्षेत्र नम्बर २ मा मात्रै सडक, पुल, खानेपानीलगायतमा अरबौँको बजेट विनियोजन गरेको उनले बताए ।

त्यस्तै उनले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताए । उनले एमालेका युवा नेताहरूले सामाजिक सञ्जालहरूमा भ्रामक र झुटको खेती गरेको भन्दै यस्ता झुट र भ्रामक कुराहरू फैलाउनेलाई सामाजिक सञ्जालबाटै सत्यतथ्य कुरा शान्तिपूर्ण तरिकाबाट चिर्न निर्देशनसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप