राजतन्त्रको एजेण्डा बोकेर गाउँगाउँमा खड्का, यस्तो छ दोलखाको भिडन्त
राजतन्त्र फर्काउने पार्टीको एजेण्डा र विकासको प्रतिबद्धतासहित राप्रपाबाट दोलखामा संघीय संसदको उम्मेदवार रहेका विजय खड्काले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । राप्रपाका सहायक महामन्त्री समेत रहेका उनले पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय जनताहरूसँग अन्तरक्रिया र घरदैलो अभियानलाई निरन्तरता दिएका हुन् ।
विगु गाँउपालिकाका खड्का लामो समयदेखि राजावादी राजनीतिमा क्रियाशील, नीति सिद्धान्तमा अडिग नेता हुन् भने उनको समाजसेवीको रुपमा समेत छवि छ । ३२ वर्षदेखिको राजनीतिक सिन्डिकेट तोड्नुपर्छ भन्ने मान्यताका साथ आफ्नो उम्मेदवारी रहेको खड्काको भनाइ छ ।
उनले स्थानीयस्तरमा विकास निर्माणका काममा महत्वपूर्ण योगदानका साथै भूकम्पका बेला राहत र उद्दारमा पनि प्रभावकारी भूमिका खेलेका थिए । आफ्नो योगदानलाई मूल्यांकन गरेर यो पटक आफूलाई आम मतदाताले विश्वास गर्ने उनको आशा छ ।
यद्यपि दोलखामा सत्ता गठबन्धन र एमालेको सशक्त उम्मेदवारी छ । एमालेले दोलखामा बालकृष्ण शिवाकोटी र माओवादी केन्द्रले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा गंगा कार्कीलाई उम्मेदवार बनाएको छ । यसबाहेक जनता समाजवादी पार्टी, नेपालले दावा शेर्पा, नेपाल मजदुर किसान पार्टीले गोपाल बहादुर शिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले गोपाल नेपाली, हाम्रो नेपाली पार्टीले प्रकाशमान सिंह पाख्रीनलाई उम्मेदवार बनाएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले शुक्र तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नवराज श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)ले खिमबहादुर शिवाकोटीलाई उम्मेदवार बनाउँदा मंगोल नेशनल अर्गनाइजेसनले कुमार तामाङ, नेपाली कांग्रेस बीपीले लोकबहादुर खड्का, जनसमाजवादी पार्टी नेपालले जनार्दन पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीले जगदीश खरेललाई उम्मेदवार बनाएको छ ।
यसैगरी स्वतन्त्रबाट रामबहादुर सुवेदी, टंकबहादुर खाती, वीरबहादुर कार्की, यज्ञराज न्यौपाने, जीवनाथ शिवाकोटी, बद्री दाहाल र ठाकुरबहादुर बुढाथोकी उम्मेदवार छन् ।
दोलखाको चुनावी विगत
२०४८ पछिको निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभातर्फ एमालेले ४ पटक चुनाव जितेको छ भने कांग्रेसले १ र माओवादी केन्द्रले १ पटक चुनाव जितेको छ । दोलखाबाट एमालेले २०४८, २०५६, २०७० र २०७४ मा चुनाव जितेको थियो भने कांग्रेसले २०५१ र माओवादी केन्द्रले २०६४ मा चुनाव जितेको थियो ।
स्थानीय तहको नतिजा
गत स्थानीय तहको निर्वाचनमा दोलखाको ९ वटा स्थानीय तहमध्ये ३ वटा पालिकाको प्रमुख र ३ वटा पालिकाको उपप्रमुखमा कांग्रेसले जितेको थियो भने माओवादी केन्द्रले ३ वटा पालिका प्रमुख र एउटा पालिका उपप्रमुखमा जितेको थियो ।
एमालेले २ वटा पालिकाको प्रमुख र ५ वटा पालिकाको उपप्रमुख पदमा जितेको थियो । एकीकृत समाजवादीले एउटा पालिकाको प्रमुखमा मात्र जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण