हाम्रो महाधिवेशन नहोस् भनेर धुप बाले : विश्वकर्मा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीको ९ औ महाधिवेशन नहोस् भनेर धुप बालेको बताएका छन् । मंगलबार पार्टी महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वकर्माले आफूहरूले गत असोज १ गते काठमाडौंमा भव्य रुपमा महाधिवेशन गर्न खोजिएपनि षडयन्त्र भएको जिकिर गरे।
‘हामीले गत असोज १ गते काठमाडौंमा भव्य रुपमा हजारौं जनताको बीचमा महाधिवेशन गर्न खोजेका थियौँ । त्यसका विरुद्ध धेरै ठूलो षडयन्त्र भयो । साम्राज्यवादी र पूँजीवादीहरुले षडयन्त्र गरे । यो राज्यमा भएको दलालतन्त्रले षडयन्त्र गर्यो । हामीले असोज १ गते महाधिवेशन उद्घाटन गर्न सकेनौ’ विश्वकर्माले भने, ‘दलाल तन्त्रका विरुद्ध जन संघर्ष गनुपर्यो । त्यसपछि असोज २५ गते कपिलवस्तुमा महाधिवेशन गरियौँ एउटा जित गरेर महाधिवेशन गरियौ नेपालका श्रमजीवी जनतालाई आनन्द भयो ।’
विप्लवले कपिलवस्तुमा महल खडा गरेको भन्ने विषयमा गरिएको प्रचारको समेत विश्वकर्माले खण्डन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण