जेल सजाय कटाइरहेका खपाङ्गीको मृत्यु
बुधबार, १६ कात्तिक २०७९, १२ : ३०
जबर्जस्ती करणी मुद्दामा जेल सजाय कटाइरहेका एक कैदीको विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुम आठराई ४ का ५४ वर्षीय मानबहादुर खपाङ्गी रहेका छन् । विराटनगर स्थित मोरङ जिल्ला कारागारमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । पेट र पायल्सका रोगी उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
जिल्ला अदालत तेह्रथुमले उनलाई २०७४ माघ ९ गते जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको थियो । तेह्रथुमबाट २०७६ मङसिर २४ गते स्थानान्तरण गरेर उनलाई मोरङ ल्याइएको थियो । उनलाई गत कार्तिक १२ गते बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार साँझ उनको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण