ओलीले कुरा गर्दछन्, देउवाले खुरुखुरु काम गर्दछन्ः डा महत
नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमालेका अध्यक्ष केपी शर्मा ओली धेरै बोल्ने नेता भएको बताएका छन् । बुधबार रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा महतले ओली गफ गर्ने तर काम नगर्ने नेता भएको टिप्पणी गरे ।
उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने कम बोल्ने र धेरै काम गर्ने नेता भएको दाबी गरे । उनले भने, ‘ओलीजी गफ धेरै गर्नुहुन्छ , काम गर्नुहुँदैन ,देउवाजी कम बोल्नुहुन्छ, खुरुखुरु काम गनुहुन्छ ।’
डा महतले निर्वाचनपछि निर्वाचनपछि देउवालाई नै प्रधानमन्त्री बन्ने पनि बताए । काँग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली काँग्रेस उम्मेदवार भएकोले अन्य पार्टी भन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे ।
पाँच बर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा पनि समेटिएको भन्दै महतले एमालेले काम नगरी एउटै कुरा दोहोर्याएर जनतालाई झुक्याउने काम गरेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य डा डिला संग्रौलाले काँग्रेसले प्रत्यक्षमा महिलालाई टिकट दिने क्रममा केही कमजोरी भएकोले नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताइन् । उनले आगामी दिनमा महिला नेतृत्वलाई समक्ष बनाउने गरी अगाडि बढ्ने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
-
गगनको घर अगाडि भेटिएको गाडी नछोड्न कांग्रेस समर्थकको दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण