लगातार तेस्रो दिन नेप्सेमा वृद्धि
७ अंकले बढेको बजारमा १ अर्ब ४६ करोडको कारोबार
बुधबार, १६ कात्तिक २०७९, १६ : ०५
तिहारपछि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि धनात्मक भएको छ । सोमबार र मंगलबार क्रमशः १६ र ५६ अंकले बढेको नेप्से सूचक तेस्रो दिन बुधबार थप ७ अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ७.३२ अंकले बढ्दै १९३८.३० अंकमा उक्लिएको छ । यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने आज सामान्य (०.७९) अंकले मात्र बढ्दै ३८२.९४ अंकमा उक्लिएको छ ।
आज बैंकिङ, ट्रेडिङ र निर्जीवन बीमा समूहबाहेक अन्य समूहको उपसूचक धनात्मक भएका छन् । समग्रमा ७.३२ अंकले बढेको बजारमा आज १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ५६ अंकले बढेको बजारमा १ अर्ब २९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण