मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे विवाह
पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुर्टो रिकाले आफ्नो विवाहको खबर सार्वजनिक गरेर प्रशंसकलाई अचम्मितका साथै उत्साहित बनाएका छन् । यी दुईले इन्स्टाग्राममा आफूहरु विवाहित भएको खुलासा गरेका छन् ।
मरियाना भारेला र फाबियोला भ्यालेन्टिनको भेट थाइल्याण्डमा सन् २०२० मा आयोजित मिस ग्रान्ड इन्टरनेशनलमा भएको हो । त्यतिबेला यी दुईले क्रमशः अर्जेन्टिना र पुर्टो रिकोलाई प्रतिनिधित्व गरेका थिए । शीर्ष १० मा पुगेका यी दुबै सोसल मिडियामा जोडिए । निकै मिल्ने साथी पनि भए । तर धेरैलाई के थाहा थिएन भने यी दुईले त्यतिबेलादेखि नै एक–अर्कालाई डेट गरिरहेका थिए ।
यी दुईले इन्स्टाग्राममा एउटा रिल सेयर गरेका छन् जसमा उनीहरुलाई निकै रोमान्टिक अन्दाजमा देखिएको छ । यी दुईले अक्टोबर २८ मा पुर्टो रिकोमा विवाह गरेका हुन् ।
‘हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णयसहित, हामीले यसको ढोका हाम्रो विशेष दिनमा खोलिदिएका छौँ,’ स्प्यानिसमा भाषामा क्याप्सनमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण