‘कमेडी च्याम्पियन’ टिम र ओएसारले फिल्म बनाउँदै, विशाल भण्डारीले निर्देशन गर्ने
बिहीबार, १७ कात्तिक २०७९, १६ : ३०
स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् ।
यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने फिल्मका लागि कलाकारहरु भने तय गरिएको छैन ।
फिल्मको नामका विषयमा पनि छलफल भइरहेको छ । छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ । चलचित्रको सम्पूर्ण टिम र कलाकारको केही दिनमा अफिसियल घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए। चलचित्र आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण