नेपाल बैँक र दराजबीच व्यावसायिक साझेदारीको घोषणा
नेपाल बैँक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराजबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । दराजको लोकप्रिय सपिङ्ग डे ११.११ मा नेपाल बैँकको डेविट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई सपिङ्गमा १५ प्रतिशत वा रु. २५०० सम्मको छुट दिने घोषणा भएको हो ।
बैँकको ८६ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न यस्तो सम्झौता गरिएको बैँकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए । बिहीबार राजधानीमा भएको सम्झौतामा बैँकका तर्फबाट कँडेल र दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार यो योजना २०७९ कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ । थप दराजको सपिङ्गमा ग्राहकले अग्रिम भुक्तानी गरे अधिकतम २० प्रतिशत वा रु. ३००० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । तर उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण