इमरान खानका समर्थक इस्लामाबादको सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् ।
इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, 'प्रदर्शनकारीहरूले ट्राफिकलाई बन्धक बनाएका छन्। प्रदर्शनकारीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरिएको छ। रावलपिंडी प्रशासनलाई रावलपिंडीको तर्फबाट ढुङ्गा प्रहार रोक्न बारम्बार अनुरोध गरिएको छ ।'
इमरानलाई बिहीबार साँझ वजिराबादको अल्लाहवाला चोकमा पुग्दा गोली प्रहार गरिएको थियो । कन्टेनरमा रहेका खानको खुट्टामा गोली प्रहार भएको थियो । पछिल्लो घटनाक्रममा पञ्जाब प्रहरीले गोलीबारीमा सात जना घाइते भएको र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, खानले आफूलाई चार पटक गोली हानेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण