घोराहीमा ७ वर्षदेखि अलपत्र सडक चुनावकै मुखमा निर्माण हुँदै
घोराही बजारको मुटुमा रहेको तुलसीपुर चोकस्थित सडक विगत ७ वर्षदेखि बर्खामा हिलाम्य र घाम लाग्दा धुलाम्मे हुँदै आएको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा एमालेका नरुलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भए । दोस्रो कार्यकालका लागि आफू उम्मेदवार बन्दासमेत उक्त सडक निर्माणमा चासो नदेखाएका मेयर चौधरीले संघीय र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा भने सडकको कामलाई अघि बढाएका छन् ।
३० मिटर चौडाइको उक्त सडक तुलसीपुर चोकदेखि डीके पेट्रोल पम्पसम्म आधाउधी बन्दाबन्दै अलपत्र परेको थियो । स्थानीय व्यापारीहरू अलपत्र सडकको धुलो र हिलोले आजित थिए । सडक निर्माणका लागि स्थानीयवासीले धेरै पटक दबाब दिए । तर अलपत्र सडकको अवस्था वर्षौंसम्म जस्ताको तस्तै रह्यो ।
अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकै मुखमा सडक निर्माण थालनी हुँदा स्थानीयहरु ‘भोटको खेती’ भइरहेको हो कि भन्ने आशंका गरिरहेका छन् । वर्षाैसम्म अलपत्र परेको सडक निर्माणका लागि ध्यान नदिएको स्थानीय सरकारले चुनावी सरगर्मीसँगै धमाधम सडक निर्माणको कामलाई गति दिन थालेको छ ।

सडक पीडित स्थानीय व्यवसायीले हरिहरण केसीले रातोपाटीसँग भने, ‘विकासको विरोध गरेको हैन, हामीले विकास गर्ने प्रवृत्तिको विरोध गरेका हौं ।’ आफूहरू विगत ७ वर्षदेखि धुलो र हिलो झेलेर बसेको गुनासो गर्दै उनले भने, ‘७ वर्षसम्म सडकको अवस्थाप्रति आँखा चिम्लिएर बसेका जनप्रतिनिधिले चुनावको मुखमा आएर काम सुरु गर्नुले आशंका बढाएको हो ।’
स्थानीयवासी मैत बहादुर राईले विकासका काम गरेझैं गरेर यतिबेला भोट माग्न हानथाप भइरहेको बताउँछन् । ‘स्थानीय सरकारले वर्षाैं अलपत्र पारेको पूर्वाधार विकास योजनाहरुलाई धमाधम चुनावकै मुखमा पूर्णता दिन खोज्नु आफ्ना उम्मेदवारका पक्षमा भोट माग्ने काममात्र हो,’ उनले भने, ‘अहिले चुनाव आयो । सडक पनि बन्न सुरु भयो । अहिले मेयर आफैले पहल लिएर सडक बनाउन सुरु गरेका छन् ।’
घोराहीको तुलसीपुर चोकमात्र होइन, चुनावी रौनक बढेसँगै गाउँको विकास योजनाहरु थुपैै्र बन्ने क्रममा छन् । स्थानीय सरकारकै पहलमा गाउँमा सडक ग्राभेलदेखि अन्य थुप्रै काम हुँदै आइरहेको भेटिन्छ ।
घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर र वडा नं. १६ जोड्ने बाहुन डाँडा सडकको अवस्था पनि उस्तै छ । हापुरका स्थानीय राजेन्द्र दाहालले भने, ‘नेकपा एमालेका उम्मेदवार गाउँमा आएको भोलिपल्टै यहाँ ट्याक्टरले बालुवा झारे । उम्मेदवारले गाउँगाउँ भोट माग्दै हिँडिरहेका छन् । स्थानीय सरकारले विकासको योजना बाँड्दै हिँडिरहेको छ । यो साँच्चिकै विकासका लागि विकास नभएर भोटका लागि विकास हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
-
गगनको घर अगाडि भेटिएको गाडी नछोड्न कांग्रेस समर्थकको दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण