नेप्सेमा ४३ अंकको वृद्धि, कारोबार डेढ अर्ब कट्यो
सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो ।
४३ अंक माथिले नेप्से बढेको यस दिन कारोबार रकमा समेत तीब्रता आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन १ अर्ब ५४ करोड ८० लाख रूपैयाँ माथिको ३९ लाख १३ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।
आज मुचुअल फन्ड बाहेकका अन्य सबै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी आज माइक्रो फाइनान्स समूहको उपसूचक ४.४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४.०८ प्रतिशतले, अन्य समूहको उपसूचक ४.०५ प्रतिशतले, म्यानु एण्ड प्रो ३.८१ प्रतिशतले, हाइडोपावर समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ ।
यस दिन ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन हारहारीका कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत माथिले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण