लोसपाको पनि घोषणापत्र सार्वजनिक, संविधान संशोधन अनिवार्य (पूर्णपाठसहित)
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ ।
पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्यायपालिका, सुशासन, रदाचार र भ्रष्टाचारमुक्त समाजमा जोड दिइएको छ ।
घोषणापत्रमार्फत लोसपाले सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकार बनाउन लागिपर्ने प्रतिबद्धता जनाएको छ । यस्तै व्यवहारिक शिक्ष, महिला सशक्तीकरण, कृषिको आधुनिकीकरण, चुरे संरक्षण, जेष्ठनागरिकको हित, युवा सशक्तीकरणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
चुनावका लागि यसअघि नै प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पाटीं (जसपा) र राप्रपाले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
पूर्णपाठ-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण