विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण

निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा सिंहलाई स्पष्टीकरण सोधेको हो ।
“निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी तपाईंले आफ्नो सामाजिक सञ्जालमा ललितपुर जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका ऊर्जामन्त्रीविरुद्ध सामग्री राख्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?” स्पष्टीकरण पत्रमा भनिएको छ, “तपाईंले आफ्नो सामाजिक सञ्जालमार्फत ललितपुर जिल्लामा उम्मेदवार रहनुभएको व्यक्तिविरुद्ध निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नुभएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट