नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल
सारांश
- नेप्सेले आईएफसी र ईयूसँगको सहकार्यमा 'आईएफआरएस सस्टेनेबिलिटी डिस्क्लोजर स्ट्यान्डर्ड्स' सम्बन्धी दुई दिने तालिम सम्पन्न गर्यो।
- तालिमले निजी क्षेत्रलाई दिगोपनाका मापदण्डहरू अपनाउन प्रोत्साहन गर्यो, जसमा उद्योग र बैंकका प्रतिनिधिहरूको सहभागिता थियो।
- नेप्सेका अनुसार, दिगो लगानीकर्ता र सचेत उपभोक्ताका लागि दिगो व्यावसायिक अभ्यास र पारदर्शिता महत्त्वपूर्ण छ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र युरोपेली संघ (ईयू) सँगको सहकार्यमा नेपालमा ‘आईएफआरएस सस्टेनेबिलिटी डिस्क्लोजर स्ट्यान्डर्ड्स’ सम्बन्धी दुईदिने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपालको निजी क्षेत्रलाई विश्वव्यापी रूपमा मान्यता प्राप्त दिगोपनाका मापदण्डहरू अपनाउन प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
युरोपेली संघको ‘एक्सेलरेटिङ क्लाइमेट–स्मार्ट एन्ड इन्क्लुसिभ इन्फ्रास्ट्रक्चर इन साउथ एसिया पहलअन्तर्गत सञ्चालित उक्त तालिममा उद्योग क्षेत्रका ४० र बैंक तथा वित्तीय संस्थाका ५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता थियो।
आईएफसीका नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा अनुभव प्राप्त विज्ञहरूले प्रशिक्षण दिएको कार्यक्रमले अन्तर्राष्ट्रिय दिगोपना मानक बोर्डद्वारा मान्यता प्राप्त मापदण्डहरूसँग नेपाली निजी क्षेत्रलाई एकरूपता कायम गराउने बढ्दो गतिलाई उजागर गरेको छ।
कार्यक्रममा बोल्दै नेप्सेका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले दिगोपनामा लगानी गर्न चाहने लगानीकर्ता र आफ्नो उपभोगको सामाजिक तथा वातावरणीय प्रभावबारे सचेत उपभोक्ताका कारण दिगो व्यावसायिक अभ्यास र पारदर्शिता महत्त्वपूर्ण बनेको बताए ।
उनले भने, ‘परम्परागत वित्तीय प्रतिवेदनसँगै दिगोपनासम्बन्धी वित्तीय जानकारी प्रदान गर्दा कम्पनीहरूले जोखिम व्यवस्थापन गरिरहेका छन् र दिगो भविष्यतर्फको अवसर सदुपयोग गरिरहेका छन् भन्नेमा पुँजी प्रदायकहरूलाई आश्वस्त पार्दछ।’
पछिल्ला वर्षहरूमा आइईएसएसबीको मापदण्ड लगानीकर्ता केन्द्रित दिगोपना प्रतिवेदनका लागि विश्वव्यापी आधार बनेको छ। बंगलादेश र श्रीलंकासहित विश्वका २० भन्दा बढी देशले यी मापदण्डहरू अनिवार्य रूपमा लागू गरिसकेका छन्।
नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलकी उपप्रमुख गीरट्रुड लोवागीले लगानीकर्ता र सरोकारवालाहरूमा विश्वास जगाउन पारदर्शिता महत्त्वपूर्ण रहेको बताइन्। उनले भनिन् ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको जोखिममा रहेको नेपालका लागि जोखिम पहिचान गरी अवसरको उपयोगमा ध्यान केन्द्रित गर्नु झनै महत्त्वपूर्ण छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण