कोरियामा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घण्टा यता यहाँ ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।
यहाँ गएको २४ घण्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलवार ती सङ्क्रमित थपिएका हुन् ।
यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलवार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र सङ्क्रमण देखिएको थियो ।
यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र एसिया समन्वय प्रदेश समितिको सह–इन्चार्जमा शर्मा
-
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानिक भएको भन्दै न्यायालय जाने कांग्रेसको चेतावनी
-
बुटवलको चौराहा चिडीयाखोला सडकको ठेक्का खारेज
-
काठमाडौँमा दुई जना मृत फेला
-
काठमाडौँमा पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु
-
सवारी दुर्घटनामा दुई जनाको मृत्यु