हलिउड फिल्म ‘अफगान ड्रीमर्स’ मा देखिँदै अभिनेता अली
बलिउड अभिनेता अली फजल फेरि हलिउड प्रोजेक्टमा देखिने भएका छन् । यस अगाडि ‘डेथ अन द नाइल’ र ‘कान्दाहार’ जस्ता फिल्ममा काम गरेका अलिले फिल्म ‘यू डोन्ट ह्याभ टु डाइ’ र ‘ट्विन टावर्स’का लागि ओस्कार जितेका बिल गुटेन्टागको निर्देशनमा बन्ने फिल्म ‘अफगान ड्रीमर्स’ काम गर्न लागेका हुन् । फिल्मको कथा अफगानिस्तानका महिलामा आधारित रहेको बताइन्छ ।
फिल्मको विषयमा अलीले भने, ‘म यो खबर साझा गर्न पाउँदा निकै खुसी छु, मैले बिलको निर्देशनमा काम गर्ने मौका पाएको छु । यो अफगानिस्तानको बारेमा दर्शकहरूलाई नयाँ दृष्टिकोण ल्याउने फिल्म हो ।’
मिडिया रिपोर्टका अनुसार मोरक्कोमा ‘अफगान डिमर्स’ को सुटिङ सुरु भएको छ । सुटिङ करिब ५० दिनसम्म चल्नेछ । फिल्मले अफगानी महिलाहरूलाई विज्ञान र प्रविधिको बारेमा सचेत गराउन मद्दत पुग्ने बिस्वास निर्माण युनिटको छ ।
अली फजलले गत बर्ष जेरार्ड जेम्स बटलरको एक्सन फिल्म ‘कन्दहार’मा देखिने घोषणा गरेका थिए । फिल्म सन् २०२३ मा रिलिज हुने तयारीमा छ । त्यसपछि अली ‘अफगान ड्रीमर्स’मा पनि देखिनेछन् । हलिउड प्रोजेक्ट बाहेक अली चाँडै वेब सिरिज मिर्जापुर सिजन ३ मा पनि देखिनेछन् ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण