सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ

आइतबार, ०३ साउन २०८३, १८ : ३२
आइतबार, ०३ साउन २०८३

काठमाडौँ । पाकिस्तानको इस्लामाबादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई बिदाइ गरिएको छ। नेपाल भलिबल सङ्घले आइतबार एक कार्यक्रमकाबिच बिदाइ गरेको हो । नेपालको पुरुष टिमले पहिलो पटक विश्व वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो। 

हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा ६ नयाँ खेलाडीहरू समावेश छन् । नेपाली टोलीको प्रशिक्षकमा जगदीश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा रुपेश कुमार विष्ट छन्। 

प्रतियोगिता नेपाल र आयोजक पाकिस्तानसहित ६ टिमले प्रतिस्पर्धा गर्दै छन्। टोलीका प्रशिक्षकले प्रतियोगिताका लागि खेलाडीहरूले आवश्यक तयारी पूरा गरेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य रहेको जानकारी दिए। खेलाडी हरिहजुरी थापाले सम्पूर्ण नेपालीको अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाली टोलीको प्रशिक्षकमा जगदीश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा रुपेश कुमार विष्ट रहेका छन् । प्रतियोगिता नेपाल र आयोजक पाकिस्तानसहित ६ टिमले प्रतिस्पर्धा गर्दै छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप