सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

बागमती नदीले सतर्कता तह पार गर्‍यो, आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

आइतबार, ०३ साउन २०८३, १८ : ३७
आइतबार, ०३ साउन २०८३

सारांश

  • काठमाडौँस्थित बागमती नदी गौरीघाटको बाढी बढिरहेकोले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
  • जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई बिहानसम्मै सतर्क रहन आग्रह गरेको हो।

काठमाडौँ । काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई बिहानसम्मै सतर्क रहन आग्रह गरेको हो। 

विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह दुई दशमलव ४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह दुई दशमलव एक मिटरमाथि सतर्कता तह हो । नदीको बहाव बढ्दो क्रममा रहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

748930935_122227324142355476_5422403742780776396_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप