सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अठार दिने टाक्सिडर्मी तालिम सम्पन्न

शुक्रबार, २५ कात्तिक २०७९, ०६ : २६
शुक्रबार, २५ कात्तिक २०७९

नेपालमै पहिलो पटक संचालन गरिएको अठार दिन लामो टाक्सिडर्मी तालिम सम्पन्न भएको छ ।  नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा सम्पन्न भएको तालिममा नेपालका तेह्रवटा विभिन्न निकायका कर्मचारी, प्रविधिक तथा विद्यार्थीहरू तालिम कार्यक्रमबाट प्रशिक्षित भएका छन् । 

मरेका जीवहरूको छाला, प्वाँख तथा भुत्लाहरू प्रयोग गरी ती जीवहरू बाँचेको बेला जस्तो थियो त्यस्तै बनाई प्राकृतिक बासस्थानको प्रतिलिपि बनाई सजाउने कलालाई टाक्सिडर्मी भनिन्छ। राणाकालमा आफ्नो शिकार कौशलताको प्रदर्शनी गर्नमात्र प्रयोग भएको यो विधा नेपालबाट लगभग लोप भइसकेको थियो। 

कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न तालिमको समापन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दु बहादुर जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. तुलसी राम भण्डारी, त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. सुरेन्द्र गौतम,त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालयका निर्देशक तथा प्रमुख डा. गणेश बहादुर थापा,नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाही तथा तालिम कार्यक्रमका प्रशिक्षक जर्मनीका टाक्सिडर्मी विशेषज्ञ  मार्को फिसरले टाक्सिडर्मीका विविध व्यवहारिक प्रयोग तथा पर्यतन क्षेत्रमा टाक्सिडर्मीको महत्वबारे प्रकास पारेका थिए । 

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. तुलसी राम भण्डारीले गरेका थिए भने तालिम प्रशिक्षकमार्को फिसरलाई कलेजका प्राचार्यले मायाको चिनो प्रदान गरेका थिए। नेपालका तेह्रवटा विभिन्न निकायका कर्मचारी, प्रविधिक तथा विद्यार्थीहरू तालिम कार्यक्रमबाट प्रशिक्षित भएका थिए।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप