फ्राइडे रिलिजमा बलिउड फिल्म ‘उचाइ’
शुक्रबार, २५ कात्तिक २०७९, १० : ४४
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि बलिउड फिल्म ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो ।
यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् ।
‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको फिल्म हो ।
ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल भित्र्याएको हो । नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग समेत गरिएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा निर्माण गरिएको फिल्म राजश्री प्रोडक्सनले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण