शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

खुल्ला ठाउँमा आगो नबाल्न काठमाडौं महानगरपालिकाको अनुरोध

शुक्रबार, २५ कात्तिक २०७९, १४ : २७
शुक्रबार, २५ कात्तिक २०७९

काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बाल्न निषेध गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी खुल्ला रुपमा आगो बाल्ने तथा फोहोर गर्ने कार्यलाई प्रतिबन्ध गरेको जानकारी दिएको हो । खुल्ला रुपमा आगो बाल्दा वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

सूचनामा कहीँ कतै कसैले आगो बालेमा वा फोहोर गरेमा काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन– २०७७ बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप