खुल्ला ठाउँमा आगो नबाल्न काठमाडौं महानगरपालिकाको अनुरोध
शुक्रबार, २५ कात्तिक २०७९, १४ : २७
काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बाल्न निषेध गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी खुल्ला रुपमा आगो बाल्ने तथा फोहोर गर्ने कार्यलाई प्रतिबन्ध गरेको जानकारी दिएको हो । खुल्ला रुपमा आगो बाल्दा वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।
सूचनामा कहीँ कतै कसैले आगो बालेमा वा फोहोर गरेमा काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन– २०७७ बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण