यो मेरो अन्तिम उम्मेदवारी हो : महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटकका लागि रहेको बताएका छन् । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उनले यसपछि आफूले अब निर्वाचन नलड्ने बताए । अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएका छन् ।
यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहेका छन् ।
मतदाताले विकासको कुरा गर्दा उनले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेस तथा मधेसीको हक–अधिकार स्थापित गराउनका लागि बढी समय दिने गरेको तर्क गरे । साथै आफूले आफ्नो बजेटले भ्याएसम्म आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न जातजातिका देवी– देवताको मठमन्दिर, मस्जिद, पर्खाल, घेरा र सडक निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गरेको र अझै पनि गर्दै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण