लमजुङमा निर्वाचन अवधिभर मदिरा बिक्री-वितरणमा रोक

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी लमजुङ जिल्लाभरि आइतबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो।
लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सूचना जारी गरिएको बताए।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलीय-सर्वपक्षीय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिसबमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार निर्वाचनसम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीका कोषाअध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश
-
अपडेट : रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम पुष्टि
-
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
-
लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित
-
बिहे गरेको ६ महिनामै किन श्रीमानसँग अलग्गै बस्न लागिन् ‘नागिन’ ?
-
सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी