कमेडी च्याम्पियन भरतमणिले मागे योगेश र गगनलाई भोट
रियालटी शो ‘कमेडी च्याम्पियन– २’ विजेता भरतमणि पौडेलले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ उम्मेदवारको भोट मागेका छन् । पौडेलले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट एमाले उम्मेदवार बनेका योगेश भट्टराई र काठमाडाँैं क्षेत्र न ४ बाट कांग्रेस उम्मेदवार बनेका गगन थापाका लागि भोट मागेका हुन् ।
पौडेलले सामाजिक संजालमा एक पोष्ट गर्दै आफ्ना लागि ताप्लेजुङबाट र काठमाडौँ ४ विशेष खास भएको भन्दै भट्टराई र थापालाई भोट मागेका हुन् । उनले लेखेका छन्, ‘मेरा लागि दुई ठाउँ खास छन् । एउटा जन्मथलो ताप्लेजुङ र अर्को कर्मथलो काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि (एमाले) उम्मेदवार योगेश भट्टराई र काठमाडौँ ४ बाट (कांग्रेस) उम्मेदवार गगन थापा चुनावी मैदानमा हुनुहुन्छ । म खुलेरै उहाँहरूका लागि भोट माग्दछु । किनकि उहाँहरूको काँध देशको जिम्मेवारी बोक्न सक्षम छ र हुनुपर्छ । योगेश भट्टराईलाई सूर्य चिन्हमा र गगन थापालाई रुख चिन्हमा अत्याधिक भारीमतका साथ विजय गराउन उक्त क्षेत्रका मतदाताहरुलाई आग्रह गर्दछु । यी अनुहारमा युवाहरूको भविष्य देखेको छु । आशाको दियो निभ्नु हुँदैन । विश्वास र चुनौतीका माझ इमानदारिता र नि:स्ठाकासाथ जिम्मेवारी लिएर नेतृत्व गर्ने भविष्यका दुई अभिभावकहरूलाई विजयको लागि शुभकामना ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)
-
कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण