गठबन्धनका उम्मेदवार जिताउन कांग्रेसको आह्वान
नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान गरेको छ । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फ रुख चिह्न र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी पंक्ति लाग्न आह्वान गरेका हुन् ।
‘हामी समानुपातिकतर्फको मत आफ्नो पार्टीलाई माग्छौ । १६५ वटै प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभामा हामीले रुख चिह्नमा मत माग्छौ, यसमा कहाँ कतै दुविधा हुनुहुँदैन’, प्रवक्ता महतले भने, ‘प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभएका ठाउँमा पनि समानुपातिकतर्फ रुख चिह्नमा मतदान गर्न पार्टीका सबै साथीहरूलाई अनुरोध गर्दछु ।’
उनले प्रतिनिधिसभा र प्रदेशसभाका ६१ स्थानमा कांग्रेसका उम्मेदवार नभएको भन्दै प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभएपनि जुन दललाई समर्थन गरिएको हो त्यो उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे । ‘किनभने गठबन्धन भनेकै सहकार्य हो । दिने पनि हो । लिने पनि हो । पारस्परिक सहयोगबाट परिणाम आउने हो । त्यो परिणाम आउँदा हाम्रो सरकार बन्ने हो’, महतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण