पशुपतिनाथ मन्दिर परिसरमा ‘शिव पूजा’
सोमबार, २८ कात्तिक २०७९, २२ : १५
नेपालस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम आयोजना गरिएको छ ।
भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सोमबार साँझ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए ।
पशुपति मन्दिरका मुल भट्ट गणेश रावलले उद्घाटन गरेको उक्त कार्यक्रममा कलाकारले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका थिए । शिव नृत्यसँगै देवी र गणेशको नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारीलगायत दुई सय जनाको सहभागिता रहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण