बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पशुपतिनाथ मन्दिर परिसरमा ‘शिव पूजा’

सोमबार, २८ कात्तिक २०७९, २२ : १५
सोमबार, २८ कात्तिक २०७९

नेपालस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम आयोजना गरिएको छ ।

भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सोमबार साँझ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए ।

पशुपति मन्दिरका मुल भट्ट गणेश रावलले उद्घाटन गरेको उक्त कार्यक्रममा कलाकारले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका थिए । शिव नृत्यसँगै देवी र गणेशको नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारीलगायत दुई सय जनाको सहभागिता रहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप