महालक्ष्मी विकास बैँकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

“सबल बैँक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्यलगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात् महालक्ष्मी विकास बैँकका डेविड कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले The Himalayan Grill By Bajeko का सम्पूर्ण सेवामा १५ प्रतिशत, Kundalini Ayurveda का सेवाहरुमा अधिकतम २० प्रतिशत, Tsubaki Beauty Saloon & Enterprises Pvt. Ltd का सेवाहरुमा १० प्रतिशत, Opulence Aesthetics Pvt. Ltd. का सेवाहरुमा १० प्रतिशत र Opulence Aesthetics Pvt. Ltd. का सेवाहरुमा अधिकतम २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर