यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य सूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज २० रूपैयाँदेखि ६५० रूपैयाँसम्मको फलफूल तथा तरकारी किनबेच भइरहेको छ ।
आज अनार प्रतिकेजी ४१० रूपैयाँ, अमला ५६ रूपैयाँ ६७ पैसा, घिउसिमी ११५ रूपैयाँ र एभोकाडो २२५ रूपैयाँमा बिक्री भइरहेको छ ।
रातो आलु ५७ रूपैयाँ ५० पैसा, सेतो आलु ४१ रूपैयाँ ३३ पैसा, उखु प्रति वटा ९५ रूपैयाँ, स्थानीय काउली ३५ रूपैयाँ, करेला ७५ रुपिया, परवर ३७ रूपैयाँ ५० पैसा, लोकल बन्दा ३५ रूपैयाँ, लोकल काँक्रो ९५ रूपैयाँ, कागती १२८ रूपैयाँ, किवी २२५ रूपैयाँ, अकबरे खुर्सानी १७० रूपैयाँ, सुकेको खुर्सानी ४१० रूपैयाँ, लोकल गाजर १२६ रूपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रूपैयाँ र सानो लोकल गोलभेँडा २२ रूपैयाँ ८० पैसामा किनबेच भइरहेको छ ।
आज घिरौलाको औसत मूल्य प्रतिकेजीको ७६ रूपैयाँ ६७ पैसा रहेको छ भने चमसूरको साग १९० रूपैयाँमा किनबेच भइरहेको छ । चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ १६७ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३२४ रूपैयाँ र जिरीको साग ९० रूपैयाँमा किनबेच भइरहेको छ ।
तितो करेला ७५ रूपैयाँ, तोरीको साग ५६ रूपैयाँ ६७ पैसा, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा, पुदिना ६५० रूपैयाँ, ब्रोकाउली १२३ रुपैयाँ ३३ पैसा, भिण्डी ७५ रूपैयाँ, मटरकोशा १४२ रूपैयाँ, मेथीको साग १९३ रुपिया र रायोको साग ५६ रूपैयाँ ६७ पैसा भाउ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण