बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

मङ्गलबार, २९ कात्तिक २०७९, १२ : ४७
मङ्गलबार, २९ कात्तिक २०७९

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जीवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिक खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप