देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
मङ्गलबार, २९ कात्तिक २०७९, १२ : ४७
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जीवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिक खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण